Pwaase

सुनिलको शालीनताले पाएको चर्चा


जेष्ठ १८ कावासोती तिल थापा मगर

     सशस्त्र प्रहरीमा कार्यरत सुनिल श्रीस मगर अहिले आफ्नो शालीन स्वभाव र नम्र व्यबहारका कारण सामाजिक संजालमा चर्चामा छन् । प्रहरी हाम्रो साथी भन्ने मुल नारा भएता पनि प्रहरी भन्ने बित्तिकै खरो र कडा स्वभाव हुन्छ भन्ने जनमानसमा एउटा छाप बसिसकेको छ । तर सुनिल श्रीस मगर भने आफ्नो शालीनताका कारण सामाजिक संजालमा एकाएक चर्चामा पुगेका छन्  ।

      सामाजिक संजालमा एकाएक चर्चा पाएका सुनिल श्रीस मगरको नालीबेलि यस्तो छ । अपर मुस्ताङ हुँदै कोरला नाका सम्म घुम्ना गएका आन्तरिक पर्यटकहरूलाई अपर मुस्ताङ रहेको चेकपोस्टमा रहेका सशस्त्र प्रहरीका सुनिलले कोरला नाका सम्म यात्रा गर्ने यात्रीहरुलाई नम्र र शालीन भाषामा स्वागत गर्दै स्वास्थ्य स्थितिको बारेमा जानकारी लिदै कोरला नाकामा रहेको दशगजा सम्मको बारेमा सरल र नम्र भएर जानकारी गराउछन् र यात्रा सफलताको कामना गर्दै बिदा हुन्छन् । प्रहरी हाम्रो साथी कस्तो हुनुपर्छ भन्ने उदाहरण उनले दिएका छन् भने सबै प्रहरीले उनी बाट केही सिक्नुपर्ने भन्दै सर्वसाधारणले हजारौं प्रतिक्रिया दिएका छन्  । बाकी भिडियोमा हेर्नू होला ।


2 thoughts on “सुनिलको शालीनताले पाएको चर्चा”

Leave a Comment

Your email address will not be published. Required fields are marked *