Pwaase

मेरो कथा : म कसरी चलचित्रकर्मी बने


  सानोमा म निकै लजालु स्वभावको थिए त्यसैले साथिभाइ जस्तो सबै संग खुलेर हास्न र बोल्न सक्दिन थे । सानैमा एकपटक साथीहरू संग नाच्ने प्रयास पनि गरेको हुँ तर ढङ्ग आएन त्यसपछि जिवनमा कहिले पनि नाच्ने प्रयास गरिन । गाउन पनि त्यस्तै भयो स्कुल पढ्दा एकपटक गीत गाएको थिएँ कक्षाका सबै साथीहरू हासे पछि गाउन पनि प्रयास गरिन । मेरो जन्म साबिक शिवमन्दिर गा. बि. स. वार्ड न. ५  हालको  कावासोती -२ नवलपुरमा भएको हो । पुर्ख्यौली पहाड घर पाल्पा सहलकोट सुकेकोट हो । २०३४ सालमा बाजेले भारतीय सेना बाट अवकाश भएपछि बसाइ सारेर नवलपुर ल्याउनु भयो । मेरो जन्म यहि भएको हो, । बाबा भारतीय सेनामा कार्यरत हुनुहुन्थ्यो म सानै छादा ६ वर्षको हुँदा बाबाले हामीलाई छोडेर यो धर्ती बाट बिदा हुनु भो । त्यस पछि दिदी र म आमाको छायामा हुर्कियौं । समय बित्दै गयो एकपटक परिक्षा सकिए पछि चित्रकला प्रतियोगिता हुने भने पछि म पनि प्रतियोगितामा भाग लिन भनेर आफ्नो नाम टिपाँए तर सहभागी कम भयो भनेर प्रतियोगितानै रद्द भयो त्यस दिन पछि खै किन हो चित्र बनाउने जागर कहिल्यै चलेन । अचानक साथीहरूको लहैलहैमा लागेर एकदिन “ग्याष्ट्रीक”  नामक शिर्षक लिएर स्टेजमा कमेडी गर्न उत्रिए । यहिनै मेरो जिवनको पहिलो कलाकारीताको यात्रा थियो धेरै दर्शकहरुले मनपराइदिनु भयो । धेरै खुशी लाग्यो, म भित्र पनि केही प्रतिभा रहेछ भन्ने लाग्यो त्यसको लगत्तै २०५६ सालको दशैमा बिबिध सांस्कृतिक कार्यक्रम संगै नाटक पनि मन्चन गर्ने भनी साथीहरूको सहमतीमा नाटक लेख्ने जिम्मा मलाइ दिइयो । मैले पनि जानी नजानी ” दशै होइन दशा” नामक शिर्षक राखेर नाटक लेखे । करिब १५ दिन जतिको रिह्रलसल पछि दशैको कालरात्रीको रातमा सांस्कृतिक कार्यक्रम सहित नाटक पनि मन्चन भयो । त्यो नाटक मेरो लागि जिवनको पहिलो प्रेरणा बन्यो । नाटक मन्चनको अन्त्यमा दर्शकहरुको आँखा बाट जुन आँसु खसेको मैले देखे अनि मेरो मनमा एउटा तरंग पैदा भयो मैलेपनी दर्शक रुवाउन सक्दोरैछु भन्ने एक किसिमको हौसला पाए । त्यतिबेला म १२ कक्षामा पढ्दै थिएँ ।

     लाहुरेको घरमा जन्मिएको मगरको छोरा म लाहुरे पेशा देखि अछुतो त कहाँ हुन सक्थे र ! म पनि लाहुरे हुने रहरले गर्दा पढाई बिचैमा बिगारे । न त लाहुरे भए न त पढाइनै राम्रोसँग पूरा गर्न सके । ब्याच्लरमा पढ्दा पढ्दै रोजगारी लागि परदेश पलायन हुन पर्यो तर म भित्र कलाकार बन्ने एउटा रहर भने मौलाउदै गएको थियो । परदेशमै  छ्दा पनि एक्लै हुँदा अभिनय गर्ने गर्थे । पछि २०६२ सालमा नेपाल आएर मेरो पहिलो प्रयास स्वरुप मगर भाषामा “थानाङ सार” अर्थात मन्दिरमा फूल भन्ने शिर्षकमा आधा घन्टाको चलचित्र बनाए । मेरै कथामा बनेको चलचित्र म आफ्फैले पनि सानो अभिनय गरेको थिएँ तर निर्देशन भने राजेश सुनामको थियो जो अहिले पत्रकारिता क्षेत्रमा कार्यरत छ । त्यतिबेला हामिले सिडि कपि गरेर निकै ब्यापार पनि गर्यौं । 

    पहिलो प्रयासको सफलता पछि फेरि २०६४ सालमा मेरो आफ्नै कथामा दोस्रो प्रयास स्वरुप “रीत” शिर्षकमा  दोस्रो चलचित्र निर्माण गरें जसमा मैले सानो अभिनयको साथै सहायक निर्देशन पनि गरें । यस पटक भने म अभिनय गर्न भन्दा निर्देशन गर्न तिर आकर्षित भए । दोस्रो चलचित्र हामिले हाम्रो समाजमा भएको कुरिती अर्थात्  गलत चलन गतिविधि माथी बनाएका थियौं । मगर समुदाय गरिने मामाको छोरी साली र फुपुको छोरा भेना विच सानैमा मगनी गरि  गरिने बिबाहको बारेमा हामिले  प्रश्न उठाएका थियौं । धेरै जनाले राम्रो प्रतिक्रिया दिए पनि केही दर्शक बाट भने हामिले आलोचन खेप्नु परेको थियो ।

     म भित्र भने बिस्तारै फिल्म प्रतीको आकर्षणले एउटा ठुलै ठाउँ लिइसकेको थियो अब फिल्म बनाउनु मेरो रहर मात्र नभएर एउटा नशा बनिसकेको थियो । साथी भाइ संगको वाहवाही नयाँ नयाँ खोज अनुसन्धान हुन थाल्यो त्यसै क्रममा मैले आफुलाई आवश्यक महसुस गरेर फोटो प्रोसेसिङ, ग्राफिक डिजाइन र भिडियो इडिटिङ पनि सिके । केही समय पछि संगै पढेको साथी शेर थापा मगर संग अर्को फिल्म बनाउने प्रस्ताव राखे । उहाँले पनि सहजै स्वीकार गर्नु भयो अनि यसपटक भने हामिले २०६९ सालमा आफ्नो गाउँ भन्दा केही पर गएर फिल्म बनाउने निर्णय गर्यौं र केही माथी पहाडको फेदि किर्तिपुर पुगेर “सार” नामक शीर्षकमा मेरै आफ्नै कथामा आफैले निर्देशन गरेर चलचित्र निर्माण गरें । यो भन्दा पहिले हामिले आफ्नै स्थानीय ठाउँमा मात्र चलचित्र बनाएका थियौं । यसपटक भने हामिले हाम्रो समुदायमा मन्दिरमा गएर बलि चढाएर गरिने भाकल माथी प्रश्न उठाएका थियौं । फिल्मको निर्माण पक्ष खासै राम्रो नभए पनि यो फिल्म हामिले हलसम्म लगेर च्यारेटी गर्न सफल भयौं । यो फिल्मले मलाई अभिनय र निर्देशनमा भन्दा लेखनमा प्रेरित गर्यो । फिल्म खासै राम्रो नभए पनि कथा लेखनमा भने धेरै साथीहरूको वाहवाही पाए ।

     बिस्तारै म लेखन तिर आकर्षित हुँदै गए र २०७४ सालमा ” घुमाउने घर” शिर्षक राखेर चलचित्र छायांकन भयो जसमा मेरो निर्देशन आफ्नै थियो भने सहायक निर्देशनमा मेरो सहकर्मि युकि आले मगरले गरेकी थिइन् पछि बिबिध कारणले गर्दा यो चलचित्र भने पूरा हुन सकेको छैन हाल सम्म यो चलचित्र निर्माणाधीन नै छ तर केही कौरा गीत भने हामिले युट्युब मार्फत प्रदर्सन गरिसकेका छौं  ।

https://www.youtube.com/watch?v=u6SzsDw0Huc

  म भित्रको फिल्म प्रतिको जुन क्रेज छ त्यो अहिले सौखको रुपमा लिने गरेको छु  । बिस्तारै म लघु चलचित्र ( Short Film) तिर आकर्षित हुन थाले अनि experiment को लागि केही शर्ट फिल्म बनाउन थाले “life in desert” “Teamwork” ” picture speak itself” “ठाउँ खाली छ” ” मनको लड्डु”  र ” Ptofile Picture” शिर्षकमा शर्ट फिल्म बनाए । “Teamwork” त Interface Nepal ले आयोजना गरेको 60 second short film festival मा छनौट पनि भयो ।

 त्यसपछि मेरो मोह चलचित्र महोत्सव तिर जाग्यो । अनि “12 o’clock” शिर्षकमा हरर शर्ट फिल्म बनाएर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सहभागी जनाए तर एक दर्जन चलचित्र महोत्सवमा सहभागी हुँदा समेत कसैले पनि छनौट गरेन ।

https://www.youtube.com/watch?v=RNv2q_62JiE&t=1s

        त्यसको लगत्तै “FOTOART” शिर्षकमा अर्को silent love story एक लाटी चित्रकार केटी र फोटोग्राफर केटा विचको प्रेममा आधारित शर्ट फिल्म बनाएर फेरि अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सहभागी जनाए । यसपटक भने झन्डै आधा दर्जन जति चलचित्र महोत्सवले अस्वीकार गरे पनि Nigeria मा भएको Inshort Film Festival 2018 मा अफिसियल छनौट भयो । त्यतिबेला खुशिको सिमानै थिएन किनकि पहिलो पटक मेरो फिल्म छनौट भएको थियोे  त्यो पनि अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ।

https://www.youtube.com/watch?v=N8lmqZOaXLM&t=1s

      बिस्तारै म भित्र शर्ट फिल्मको नशा पस्यो अनि मेरो सहकर्मी युकि आले मगरको निर्देशनमा मगर समुदायमा सामान्य रुपमा सेवन गरिने मादक पदार्थ(रक्सी) ले निम्त्याउने समस्याको बारेमा लघु चलचित्र “तीनपाने” शिर्षकमा निर्माण भयो । यो चलचित्र तेस्रो आदिवासी जनजाति चलचित्र महोत्सव २०७५ मा छनौट भएर प्रदर्शन पनि भयो ।

      यसै क्रममा मलाई सामुदायिक वन सम्बन्धि नाटक मन्चन गर्ने रहरले सामुदायिक वन समितिमा प्रस्ताव गरे अध्यक्ष कृष्ण बहादुर ठाडा मगरले मेरो प्रस्ताव सजिलै स्वीकार गरिदिनु भयो अनि मैले “जरा” शिर्षकमा नाटक लेखेर मन्चन गरे जुन बैज्ञानिक बन संग सम्बन्धि थियो । पछि धेरै समय पछि थाहा पाए हामिले मन्चन गरेको जरा नाटकले धेरैको मन छोएको रहेछ । कोहि कोहि दर्शकको आँखा बाट आँसु खसेको समाचार केही दिनपछि सुन्न पाइयो ।

      सोही जरा नाटकको कलाकारहरु लिएर फेरि अर्को शर्ट फिल्म “Innocent Soul” बनाए  जुन फिल्मको कथा मैले धेरै अगाडीनै सामाजिक संजालमा पोष्ट गरेको थिएँ र धेरै साथीहरूले मनपराउनु भएको थियो र फिल्म बनाउन सल्लाह दिनु भएको थियो । यो फिल्म जनयुद्धको बेला बेपत्ता भएको लडाकु र उनिहरुको निर्दोष आत्मा माथी बनाइएको छ । पछि यो शर्ट फिल्मा Nepal International Film Festival (NIFF) 2020  मा छनौट भयो भने Spiny Babbler intetnational Film Festival (SBIFF) 2021 र  Nepal Cultural International Film Festival (NCIFF) 2021 मा नोमिनेशनमा पर्न सफल भयो । 

       म भित्र कुरिती र कुसंस्कारको बिरोध गर्ने एक किसिमको छुट्टै क्रान्ति छ । मलाई कुसंस्कार र कुरिती पटक्कै मन पर्दैन त्यही भएर होला मैले एउटा शर्ट फिल्म हाम्रै 
कुसंस्कार माथी बनाउने निर्णय गरे र “कुंवारा” शिर्षकमा फिल्म बनाए जुन हाम्रो 
संस्कार अनुसार कामना गर्दा बलि दिईने बलि प्रथा माथी प्रश्न उठाएको छु । हाम्रो समुदायमा एउटा अबोध बालकलाई कुंवारा बनाइन्छ र जनावरको बलि दिन बाध्य बनाइन्छ त्यही 
संस्कारले बालकलाई कस्तो मनोबैज्ञानिक असर पुराउछ भन्ने मुख्य विषय बस्तुनै यो फिल्मको कथा हो । यो फिल्म Nepal International Film Festival (NIFF) 2021 मा अफिसियल छनौट भयो त्यसैगरी Nepal Cultural International Film Festival (NCIFF) 2021 मा नोमिनेश भयो भने Spiny Babbler International Film Fistival (SBIFF) 2021 मा Best Story/Script बिधामा उत्कृष्ट अवार्ड हासिल गर्न सफल भयो । यो मेरो जिवनको पहिलो अवार्ड हो । यसले म भित्र एउटा छुट्टै किसिमको उर्जा थप्ने काम भएको छ ।

    हिजो साथी भाइको लहैलहैमा लागेर स्टेज उत्रिएको म आज आएर एउटा चलचित्रकर्मी भनेर चिनिन पाउँदा गर्व लाग्छ ।  मैले Indie फिल्ममेकरको रुपमा काम गर्दै आएको छु । 

२०७२ साल देखि मगर चलचित्रकर्मी संघ नेपालमा आवद्ध भएर केन्द्रीय समितिको सदस्य भएर संस्थागत रुपमा काम गर्दै आएको छु र हाल मगर चलचित्रकर्मी संघ नेपालको सचिव जस्तो जिम्मेवारी पदमा रहेर जिम्मेवारी बहन गरिरहेको छु ।  यो चलचित्र क्षेत्रमा लागे पछि धेरै कुरा सिके धेरै कुरा पाएको छु र केही कुरा नगुमाएको भने होइन ! फिल्म बनाउदा लगानी गरेको पैसा भने कहिल्यै फिर्ता ल्याउन सकेको छैन तर त्यसको ठाउँमा जुन सीप ज्ञान मान र सम्मान पाएको छु त्येसले गर्दा केही गुमाए जस्तो लाग्दैन । कसैले फिल्म क्षेत्रमा लागेर लगानी डुबाएर के पाइस ? भनेर प्रश्न गर्यो भने मेरो एउटै उत्तर हुन्छ तिमिहरुले जति पैसाले मस्ती गर्यौ मैले त्यतिनै पैसा फिल्ममा लगानी गरे आज तिमिहरु हिजो जे थियौ त्यहि छौ तर म फिल्ममेकर बने ।

हालै मात्र मगर चलचित्रकर्मी संघको चौथो अधिवेशन तथा सम्मान कार्यक्रममा मैले निर्माण गरेको लघुचलचित्र राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा छनौट भएकोमा सम्मानित हुन पाउँदा अत्यन्तै गर्व महसुस गरेको छु ।

106 thoughts on “मेरो कथा : म कसरी चलचित्रकर्मी बने”

Leave a Comment

Your email address will not be published. Required fields are marked *